ओेमानद्धारा नेपाललाई ८८ रनको लक्ष्य

    images

      काठमाडौँ  आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट एमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

      ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।

      नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कमल ऐरी, आरिफ शेख, अबिनाश बोहोरा, र सागर ढकालले १–१ विकेट लिए ।

      सेमिफाईनलमा यूएईसँग पराजित भएको नेपाल आजको खेल जितेर तेस्रो स्थान पक्का गर्दैँ छनोटको सुखद अन्त्य गर्ने सोचमा छ ।

      बिहीबार १२ फागुन २०७८ ०५:३५ PM मा प्रकाशित

      प्रतिक्रिया