×

कार्यवाहक महासचिव पाण्डेयको दुई नागरिकता र दुई राहदानी

images

काठमाडौं । गृह मन्त्रालयले संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीको विवरण पठाएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीका  आधारमा समितिले मागेअनुसार गृहले नागरिकता र राहदानीको विवरण उपलब्ध गराएको हो   गृह मन्त्रालय स्रोतका अनुसार पाण्डेयले दुई नागरिकता र दुई राहदानी बनाएको पाइएको छ । गृहका ती अधिकरीले राहदानी र नागरिकताका विषयमा विस्तृत जानकारी भने समितिबाट नै सार्वजनिक भएपछिमात्रै दिन मिल्ने बताए ।  समिति स्रोतले भने समितिमा छलफलका लागि मात्र गृहबाट प्राप्त जानकारी खोलिने बताएको छ 
सभापति रामहरी खतिवडा कोसी प्रदेशमा रहेकाले फर्किएपछि समितिको बैठक बोलाउने तयारी भएको स्रोतले जानकारी दियो । समिति सभापति खतिवडाले आफूलाई विवरणबारे थाहा नभएको भन्दै गृहले जानकारी गराएको्मात्र थाहा भएको बताए ।

 

बुधबार १० माघ २०८० १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया