×

फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक

images

फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा बोल्छ । एक मिनेट ४५ सेकेन्डको ट्रेलरमा निकै आकर्षक छ । ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ । ट्रेलर हेर्दा फिलम प्रेमकथामा बनेको सजिलै अनुमान गर्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ । 

शुक्रबार​ ८ पुस २०७९ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया