×

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता सुरु

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतलनिवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।

सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ । 

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतलनिवास पुगेका हुन् । कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

मङ्गलबार ११ बैशाख २०८१ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया