×

राष्ट्रिय स्वतन्त्र पार्टीले माफी मागेपछि चितवनको नयाँकिरण र कृष्णपुर माविमा मतदान सुरु

images


काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा रोकिएको मतदान कार्य सुरु भएको छ।

मतदान स्थलमा रास्वपाका कार्यकर्ताले निर्वाचन चिह्न बजाउदै आएको भन्दै विपक्षी पार्टीले नाराबाजी गरेपछि १२ बजेदेखि रोकिएको मतदान कार्य अपरान्ह ३:३० बजेबाट सञ्चालनमा आएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान कार्य सुरु भएको हो।

भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोली जानेक्रममा निर्वाचन चिह्न घण्टी बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो ।

यसैगरी आचारसंहिता पालना नभएको भन्दै नारावाजी गरेपछि केहीसमय रोकिएको भरतपुर महानगरपालिका वडा –७ को कृष्णपुर माध्यमिक विद्यालयमा मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ ।
रवि लामिछाने पुगेपछि नारावाजी गर्ने, हल्ला गर्ने गरेपछि आचाररसंहिता उल्लङ्घन भएको भन्दै विपक्षी पार्टीका कार्यकर्ताले विरोध जनाएका थिए । अहिले मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।

सात वटा मतदान केन्द्र रहेको नयाँ किरण मावि स्थलमा ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । यस केन्द्रमा छ हजार आठ सय मतदाता छन् ।

आइतबार​ १० बैशाख २०८० ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया