×

मूख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक

images

धनगढीमा हुने सर्वाधिक धनराशिको ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् ।

सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने खप्तड गोल्डकप प्रतियोगिताको आज यहाँ आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै खेल तालिका सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । यो प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्रा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), नेपाल आइस हिमालयन शेर्पा क्लब, नव जनजागृति युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, दिल्ली फुटबल क्लब भारत, एभेनिर फुटबल क्लब क्यामरुन र एनआइबिएल फ्रेन्डस क्लब काठमाडाँै गरी १० टिम सहभागी हुनेछन् । 

सुदूरपश्चिम प्रदेशको गरिमा बोकेको यस प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिनेछ । 

त्यस्तै विभिन्न विधाका उत्कृष्टलाई रु १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिइनेछ । प्रतियोगिताका लागि रु एक करोड ४० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । उक्त फुटबल प्रतियोगिता देशकै सर्वाधिक धनराशिको भएको आयोजकको दाबी छ ।

बुधबार ११ फागुन २०७८ ०९:४४ PM मा प्रकाशित

प्रतिक्रिया