×

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा हितराज पाण्डे

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् ।

त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ ।

बिहीबार ७ पुस २०७९ ०४:२८ PM मा प्रकाशित

प्रतिक्रिया