काठमाण्डौँ। नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादवले बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ लिएनन् । उमेर विवादका कारण उनले संसद भवन गएर शपथ लिन गएनन् । उनको नागरिकताको उमेर ८५ वर्षको रहेको छ भने वास्तविक उमेर ६६ वर्ष मात्र रहेको कारण संसद भवनमा सपथ लिन नगएका हुन् ।
उमेरमा विवाद भएको कारणले आफू नैतिकताको आधारमा संसद भवन नगएको बताउँदै अध्यक्ष यादवले नागरिकतामा भएको उमेरलाई सच्याउने प्रकृया सुरु गरेको बताए । उनले शुक्रबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराबाट शपथग्रहण गर्ने जानकारी दिए ।
प्रतिक्रिया