×
images

माओवादी केन्द्रको संसदीय दलको उपनेतामा बर्षमान र जनार्दनको दावि

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको उपनेतामा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले दावी गरेका छन् ।

माओवादीको संसदीय दलको बैठक बिहीबार ४ बजे सिंहदरबारमा बस्दैछ । संसदीय दलको नेतामा भने कुनै नेताले दावी नगरेका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोधजस्तै छन् ।


तर उपनेतामा भने पुन र शर्माले दावी गरेका उनीहरु निकट नेताहरु बताउँछन् । यद्यपि उनीहरुले आफूहरुको दावी संसदीय दलको बैठकमा राख्ने भन्दै सार्वजनिक रुपमा बोलेका छैनन् ।

दुबै नेताले पार्टीको महासचिवमा पनि दावी गरेका थिए । तर प्रचण्डले अन्त्मिमा देव गुरुङलाई महासचिव बनाए भने पुन र शर्मालाई उपमहासचिव बनाए ।

बिहीबार ७ पुस २०७९ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया