काठमाण्डौँ। जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त(सिके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।
उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताए । उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए । अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा राख्ने बताए । उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताए ।
कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए । अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद् र सरकारमा गएर जनताका माग र मुद्दाहरू सम्बोधन गर्ने बताए ।
आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो । प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ ।
सन्दीपका एक वकिलले भने, ‘स्थानीय तहले काठमाडौँ जिल्ला अदालतमा जन्मदर्ता खुल्ने सक्कल कागजात पठाइसकेको छ । उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ जेड १८ गते रहेको उल्लेख छ । यसको अर्थ वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको देखिन्छ ।’
१८ वर्षभन्दा माथि रहेको भए पनि बलात्कार त हुन्छ होला नि भन्ने रातोपाटीको प्रश्नमा ती वकिलले भने, ‘१८ वर्ष पुगेपछि आपसी सहमतिमा यौनसम्बन्ध स्थापित गर्न पाउँछन् । यहाँ त यौनसम्बन्ध स्थापित भयो कि भएन भन्ने कुरा पनि अनुसन्धानकै क्रममा रहेको छ । यौनसम्बन्ध भएको भए पनि जबरजस्ती करणी हुन त त्यसको कुनै चिन्ह वा सङ्केत चाहिएला नि ।’
कानुनतः १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले आपसी सहमतिमा यौन सम्बन्ध स्थापित गर्न सक्छन् । १८ वर्ष नपुगी सहमतिमै यौनसम्बन्ध भए पनि त्यसलाई बलात्कार मानिने कानुनी व्यवस्था छ ।
सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैँले साँचो लिएर गएको कारण त्यहाँ जबरजस्तीको चिन्ह नदेखिएको सन्दीप पक्षका वकिलहरूले जिकिर गरेका थिए । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।
प्रतिक्रिया