×

ओली र देउवाबिच महाराजगन्जमा भेटवार्ता

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न ओली एमाले महासचिव शङ्कर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका छन् ।  भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुनेछ । एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छ। 

यसअघि गत मंसिर १९ गते भएको यी दुई नेताको पहिलो भेटमा पनि संसद् पुनर्स्थापनातिर जानुपर्ने सहमति भएको थियो ।ओलीसँग भेटेलगत्तै देउवाले आफ्ना ८ सांसदलाई रिट हाल्न सर्वोच्च पठाएका थिए । सोमबार मात्रै कांग्रेसका ६८ जना सांसद सर्वोच्च जाँदैछन् ।

कांग्रेसका ६८, एमालेका ७८, नाउपा र लोसपाकासहित सांसद जुटाउँदा १४५ भन्दा धेरै सांसदहरू संसद् पुनर्स्थापनका लागि हस्ताक्षरसहित सर्वोच्च पुग्दैछन् ।

सोमबार ७ पुस २०८२ ०६:०५ PM मा प्रकाशित

प्रतिक्रिया