×

भृकुटीमण्डपमा आज एमालेको जनप्रदर्शन तथा सभा

images

काठमाडौँ । नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा आज बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको छ ।

 

शनिबार ७ मंसिर २०८२ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया