धादिङ । आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् ।
७५ घर चर्किएका छन् भने क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।
पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए ।
धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई बिहान ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया