×

ट्याङ्करमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु, २ बेपत्ता

images

मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  छ ।

स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो ।

पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जनाकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ  भने दुई जना अझै बेपत्ता छन्।

सिनोक्रजले रेडियो अन्तर्वार्तामा  बताए अनुसार ट्याङ्कर भेसलभित्र दुईवटा शव भेटिएको थियो  ।  

जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ ।  घटना हुँदा ट्याङ्कर रित्तो रहेको पनि उनले जानकारी दिएका छन् ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

आइतबार​ ५ कात्तिक २०८० ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया