×

पाकिस्तान शाहिन्ससँग नेपाल एक रनले पराजित

images

काठमाडौँ । नेपाल पाकिस्तान शाहिन्ससँग एक रनले पराजित भएको छ ।

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत पाकिस्तान शाहिन्सले दिएको १४५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४३ रन बनाएपछि नेपाल एक रनले पराजित भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ४१ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २७, लोकेश बमले १० रन बनाएका थिए ।

त्यस्तै पाकिस्तान शाहिन्सका बलर मुहमद वाशिम जुनियरले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पाकिस्तानका लागि इरफान खान नियाजले सर्बाधिक अविजित ४२ रन बनाए भने अब्दुल सामदले २६, मुहमद वासीम जुनियरले २३ र यासिर खानले १८ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २-२ तथा कुशल भुर्तेलले एक विकेट लिएका थिए ।

यो हारसँगै नेपालको टप इन्ड सिरिजबाट बाहिरिएको छ भने पाकिस्तान शाहिन्स सेमिफाइनलमा पुगेको छ  ।

 

शुक्रबार​ ६ भदौ २०८२ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया