×

मन्त्री रिजाल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट,

images

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
सोमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा  द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउने विषय लगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भन्दै  चिनियाँ राजदूत चेन सङ् को प्रशंसा गर्नु भएको थियो । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको समेत मन्त्री रिजालले स्पष्ट पार्नु भयो ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं उच्च महत्त्वपूर्ण रहेको बताउनु भयो । चीन बिरूद्ध नेपालि भुमि प्रयोग हुन नदिने कुरा प्रति प्रतिबद्धता जनाउदै मन्त्री रिजालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेको प्रति नेपालको उच्च सम्मान रहेको बताउनु भयो ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्य प्रति आभार व्यक्त गर्दै मन्त्री रिजालले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको बताउदै मन्त्री रिजालले नेपालको कूल वैदेशिक व्यापारको चौध प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पार्नु भयो । चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरी रहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटालाई कम गर्नका निमित्त राजदूत चेन सङ् को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा बिश्वास व्यक्त गर्नु भयो ।

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीन बीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरण समेत गराउनु भयो ।  पारवाहन ढुवानी सम्झौताको कार्यन्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठक समेत बस्न नसकेको बताउदै मन्त्री रिजालले काठमाडौं र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गर्नु भयो ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्ण रूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गर्नुभयो । मन्त्री रिजालले नेचुङ-लिजी, किमाथाङ्का, ओलाङचुङ्गोला लगायतका सिमा नाका समेत  खोल्नेतर्फ चिनियाँ राजदूत सङ् को ध्यानाकर्षण गराउनुभयो ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्य प्रति आभार व्यक्त गर्दै मन्त्री रिजालले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिनुभयो । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफू पनि विश्वस्त रहेको बताउनु हुदै राजदूत सङ्ले विकास सहायता र प्रत्यक्ष बैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताउनु भयो ।

सोमबार ८ जेठ २०८० ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया