×

करिश्मा : सुटिङ थाँती राखेर पार्टी प्रवेश

images

चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । नेकपा (एमाले) मा का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिनुभयो । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो । 

अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला ? विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो ? मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिनुभएको छ । 

एमाले रोज्नुको उहाँको पहिलो कारण अध्यक्ष ओली नै हो । मानन्धरले अध्यक्ष ओलीले जनताका लागि गरेको पथ प्रदर्शकको भूमिका र सधैँ ऊर्जाशील राजनीतिमा सक्रिय रहेको बताउनुभयो । मानन्धरले एमालेले समानता र सामाजिकमा आधारित न्याय परिवर्तन र समृद्धिका लागि वास्तविकरूपमा काम गर्ने एजेण्डा स्थापित गरेको बताउँदै आफूले विभिन्न जिल्लाका कार्यक्रममा जाँदा जनता एमालेप्रति सद्भाव राख्ने पाएको जनाउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि एमालेमा नआएको तर उचित मूल्याङ्कन गरेर दिइने कुनै जिम्मेवारी लिनपछि नपर्ने स्पष्ट गर्नुभयो ।

मङ्गलबार ८ चैत २०७८ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया