×

उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु

images


काठमाडौं । निर्वाचन आयोगले आगमी १० बैशाखमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचका लागि आजदेखि दल दर्ता सुरु गर्ने भएको छ । 
निर्वाचनमा सहभागि हुन चाहने राजनीतिक दलले आजदेखि आयोगमा गएर दल दर्ता गर्न सक्नेछन् । दल दर्ता १२ चैतसम्म गर्न सकिनेछ । दर्ता दर्ताका लागि आयोगले मंगलवार सुचना सार्वजनिक गरेको थियो । सुचनामा निर्वाचनमा भाग लिने चाहने राजनीतिक दलले ८ चैतदेखि  १२ चैतसम्म दल दर्ता गर्न सकिने उल्लेख छ । 
१० बैशाखमा चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उप निर्वाचन हुन लागेको हो । तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । त्यसो हुँदा खाली भएको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको हुँदा बारा–२ मा पनि उपनिर्वाचन हुँदैछ । 

बुधबार ८ चैत २०७९ १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया