×

खेल पर्यटन प्रवद्र्धन गर्न अल्ट्रा म्याराथन

images

व्यास नगरपालिकाले व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २८ गते सो खेल आयोजना गर्ने निर्णय गरेको हो । 

खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले वर्सेनि अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको हो । नगरपालिका–५ मानुङकोटदेखि नगरपालिका–८ सहीदग्राम सहीदपार्कसम्मको ४४ किलोमिटर दूरीमा सो प्रतियोगिता आयोजना गरिने भएको हो । मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिम¥याङको सहीदपार्ककोसमेत विकासमा सघाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । 

हरेक वर्ष सहीद दिवसमा यो प्रतियोगिता आयोजना गर्दै आए पनि यसअघि कोरोनाका कारण स्थगित गरिएको थियो । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नारासाथ प्रतियोगिता हुनेछ । नगरप्रमुख न्यौपानेले मानहुँकोट र पुलिम¥याङलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

राजमार्गको नजिक पर्ने भएकोले मानहुँकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ । “तर, पुलिम¥याङ त्यति परिचित नभए पनि महत्वपूर्ण गन्तव्य हो”, उहाँले भन्नुभयो “अब मानहुँकोटको जस्तै प्रचार पुलिम¥याङको पनि गर्न जरुरी छ ।” त्यसैगरी महिला हाफ म्याराथन प्रतियोगिता दमौलीदेखि तनहुँसुरसम्म २०७८ फागुन २४ गते गरिने छ ।

 

मङ्गलबार १० फागुन २०७८ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया