काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी हुने जनाइएको छ ।
सभापति रवि धरौटीमा शुक्रबार रिहा भएका थिए । सहकारी ठगी प्रकरणमा मुछिएपछि नक्खु कारागारमा रहेका उनले रिहाइपछि आज पार्टी कार्यालय पुगेर केन्द्रीय कमिटी बैठकमा सम्बोधनसमेत गरेका छन् ।
प्रतिक्रिया