×

लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध चयन

images

काठमाण्डौँ। लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । 


संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

बुधबार ६ पुस २०७९ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया