×

ट्वीटरको सीईओ पद छोडदै एलन मस्क

images

एजेन्सी - सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले पदबाट राजीनामा दिने भएका छन्।  उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु। मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वटिरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए। 

यसअघि इलोन मस्कले ट्वीटरको सीईओ पद छाड्ने कि नगर्ने भनेर ट्वीटरमा सर्वेक्षणा गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्ने समेत लेखेका थिए। यस सर्वेक्षणमा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले विपक्षमा मतदान गरेका थिए । भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले सिइओ पदबाट राजीनामा दिने भएका हुन्। ‘म सिइओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु।

यसपछि म केबल सफ्टवेयर र सर्भर चलाउनेछु,’ मस्कले भनेका छन्।  उनले हालै ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका थिए, त्यसबाट उनको आलोचना भएको थियो । खासगरी उनले ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो ।

अक्टोबरको अन्त्यमा ४४ बिलियन डलरमा ट्विटर किनेका मस्कले ट्विटरमा ल्याएका नयाँ फिचरका कारण विवादमा आइरहेका थिए।

बुधबार ६ पुस २०७९ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया