×

इजरायलका प्रधानमन्त्री नेतान्याहू र हमासका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी

images

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । अदालतले लोकतान्त्रिक देशका नेताहरूविरुद्ध यस्तो वारेन्ट जारी गरेको पहिलो पटक हो।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि-ट्रायल च्याम्बरका तीन न्यायाधीशले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन्। अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए।

यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशमा यात्रा गरेमा पक्राउ पर्ने छन्। त्यस्तै अदालतले मोहम्मद दीब इब्राहिम अल-मसरी (जसलाई मोहम्मद डेफ भनेर पनि चिनिन्छ) ७ अक्टोबर, २०२३ मा युद्धलाई उत्प्रेरित गर्ने नरसंहारमा वारेन्ट जारी गरेको छ। इजरायलले हवाई हमलामा डेफ मारेको बताए पनि हमासले आफ्नो सैन्य शाखाको प्रमुखको मृत्यु भएको औपचारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन।

अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरे पनि यसको व्यावहारिक प्रभावहरू सीमित हुन सक्ने बताइएको छ किनभने इजरायल र यसको प्रमुख सहयोगी, संयुक्त राज्य अमेरिका, यस अदालतको सदस्य छैनन्।

बिहीबार ६ मंसिर २०८१ ०७:१९ PM मा प्रकाशित

प्रतिक्रिया