×

देखियो डेंगुको सेरोटाइप ‘थ्री’, यो कति खतरनाक

images

यो वर्ष डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुुना परीक्षणमा डेंगुुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
प्रतिष्ठानमा १२ नमुनामा परीक्षण गर्दा ७ वटा सेरोटाइप ‘वान’ देखिएको छ भने ५ वटा नमुुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले रातोपाटीलाई बताए ।

धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ‘थ्री’ देखिएको भन्न नमिल्ने डा. प्रमुख दाहालको भनाइ छ । समग्र नेपाललाई प्रतिनिधित्व हुने गरी सातै प्रदेशका अस्पतालबाट संकलन गरिएको २५० नमुना परीक्षणपछि मात्रै कुन स्थानमा कुन सेरोटाइप देखियो भन्ने पूर्ण जानकारी हुने उनले बताए ।

इडीसीडीका अनुुसार डेंगुुले प्रकोपको रुप लिँदा कतै डेंगुुले स्वरुप परिवर्तन गरेको हुन सक्ने अनुमान सरुवारोग विशेषज्ञहरु गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशका अस्पतालबाट २५० नमुुना संकलन गरी परीक्षण गरिँदैछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी डेंगुुको सेरोटाइप परीक्षणको तयारी भइरहेको दाहालले बताए । उनका अनुसार सुुर्खेत लगायतका केही स्थानबाट डेंगुुको नमुना आउने क्रम जारी छ । अब चाँडै नै कुन स्थानमा कुन–कुन सेरोटाइप पुुष्टि भयो भन्नेबारे परीक्षणलगत्तै जानकारी दिने उनले बताए ।

यस्तै, इडीसीडीका एक उच्च अधिकारीले नेपालमा ४० हजारभन्दा धेरै संक्रमित र ४९ जनाको ज्यान जाँदासमेत सरकारले सेरोटाइप पत्ता लगाउन नसक्नुु लज्जाको विषय भएको बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रिएजेन्ट उपलब्ध नगराएकाले परीक्षण रोकिएको उनले बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने आफैले परीक्षण गरेर सेरोटाइप पत्ता लगाएको हो ।

डेंगुलाई वान, टुु, थ्री र फोर गरी चार सेरोटाइपमा वर्गीकरण गरिएको छ । इडीसीडीका अनुुसार नेपालमा डेंगुको चारै सेरोटाइप देखा परिसकेको छ । सन् २०१९ मा डेंगु फैलिँदा अधिकांशमा सेरोटाइप ‘टुु’ पुुष्टि भएको थियो ।

के सेरोटाइप ‘थ्री’ ले गम्भीर असर पुुर्‍याउँछ ?

२०१६ मा प्रकाशित एक रिपोर्ट अनुसार दास्रो पटक फरक सेरोटाइपबाट संक्रमण भएकालाई उच्च ज्वरो आएको, रगतमा प्लेटलेट्सको संख्या अझ कमी देखिएको र धेरैमा डेंगुको ‘रक्तश्राव’ वा ‘शक सिन्ड्रोम’ देखिएको थियो ।

नेचर जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार पहिलो पटक जुुन सेरोटाइपले संक्रमण गरे पनि त्यसको तीन महिनासम्म फरक सेरोटाइपको डेंगुुको संक्रमण हुँदैन ।

पहिला सेरोटाइप ‘वान’ संक्रमण भएको छ भने तीन महिनापछि त्यो भन्दा फरक सेरोटाइप संक्रमण भएमा पहिलाभन्दा कडा खालका लक्षण देखिनेछ । अर्थात् एक पटक एउटा सेरोटाइपको संक्रमण भइसकेकालाई तीन महिनापछि अर्को सेरोटाइपको संक्रमण भएमा त्यस्तो व्यक्तिमा कडा खालका लक्षण देखा पर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार १५ डिग्री तापक्रम नपुगेसम्म डेंगु संक्रमणको जोखिम कायम रहन्छ । यद्यपि नेपालको सन्दर्भमा वर्षभरि लगातार डेंगुका रोगी देखिने इडीसीडीका पूर्व निर्देशक डा. बाबुुराम मरासिनी सुुनाउँछन् । त्यसैले हाल संक्रमित भएकाहरुलाई पुनः अर्को वर्ष वा संक्रमित भएको तीन महिनापछि पुनः संक्रमित हुँदा फरक खालको सेरोटाइप देखिएमा कडा खालको लक्षण देखिने सरुवारोग विशेषज्ञहरु सुुनाउँछन् ।

हाल नेपालमा डेंगुु ७७ जिल्लामा फैलिएको छ । गत साउन महिना यता ४१ हजार ७४३ वटा केस पुष्टि भएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ । विभिन्न १० जिल्लामा संक्रमित अत्यधिक छन् । हाल दैनिक एक हजारभन्दा धेरै केस पुुष्टि हुने गरेको छ ।   

डेंगुको सेरोटाइप पीसीआर प्रविधिबाट पत्ता लगाउन सकिन्छ ।  सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुुनले प्रत्येक प्रदेश, निजी अस्पताल र प्रयोगशालामा परीक्षणपछि डेंगुको सेरोटाइप थाहा पाउन सकिने बताए । उनले भने, ‘पहिले र अहिले संक्रमण गरेको भाइरसको सेरोटाइप थाहा पाएको खण्डमा अहिले संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थाको अनुमान गर्न चिकित्सकलाई गर्न सहज हुने थियो ।’

शुक्रबार​ ४ कात्तिक २०७९ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया