×

गठबन्धन पवित्र उद्देश्यले बनेको हो

images

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एक जुट हुनुपर्ने बताएका छन् । पोखरामा भएको सत्तारुढ गठबन्धनको भेलामा सम्बोधन गर्दै उनले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको बताए । 

‘एमालेले जस्तो ‘अप्राकृतिक’ तरिकाले यो गठबन्धन बनेको होइन् । यो गठबन्धन संविधान रक्षार्थ, प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो । हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजागरी, उत्पादकत्व बताउन बनेको हो,’ अध्यक्ष नेपालले भने । 

नेकपा एमाले र जनता समाजवादी पार्टीलगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरु एकजुट भएको नेपालको आरोप छ ।

शुक्रबार​ ४ कात्तिक २०७९ ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया