×

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

images

काठमाडौ । मंसिर ४ मा हुने निर्वाचनमा सिट बाँडफाँटका लागि सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ।

मंगलबार बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको जनाइएको छ। अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । 

बुधबार ५ असोज २०७९ ०७:४७ AM मा प्रकाशित

प्रतिक्रिया