आजको प्रतिनिधि सभाको बैठक स्थगित

    images

    काठमाण्डाै । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो ।

    नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो ।

    प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।  उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ । 

      आइतबार​ ५ भदौ २०७९ १२:२४ PM मा प्रकाशित

      प्रतिक्रिया