×

स्थापितले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण पदक

images

काठमाडौँ । केदारमान स्थापित १२औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

स्थापितलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले भेटेर बधाइ दिएका छन् ।

असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारमान स्थापितले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा स्वर्ण पदक जितेका हुन् ।

 

सोमबार ६ साउन २०८२ ०८:३८ PM मा प्रकाशित

प्रतिक्रिया