×

एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट

images

काठमाडौं । अर्बपति  एलन मस्कको स्पेस एक्स कम्पनीको विशाल नयाँ रकेट आफ्नो पहिलो उडानमै विस्फोट भएको छ ।

पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मस्ककोलाई रकेट विस्फोट भएपछि धक्का लागेको हो । अमेरिकाको टेक्सस राज्यको पूर्वीतटबाट स्थानीय समय अनुसार बिहीबार बिहान उडेको स्टार शिप नाकमो रकेट परीक्षण उडानको ४ मिनेटमै विस्फोट भएको हो ।

रकेटमा अन्तरिक्ष यात्री नभएकाले मानवीय क्षति भने नभएन जनाइएको छ । उडानको २ देखि ३ मिनेटपछि रेकट नियन्त्रण बाहिर गएर अन्तरिक्षमै विस्फोट भएको हो । यो रकेट अहिलेसम्म बनेको सबै भन्दा ठूलो रकेट थियो ।

परीक्षण उडान असफल भएपछि मस्कले आफ्नो कम्पनीले अब केही महिनापछि पुनः प्रयास थाल्ने बताएका छन् । स्पेस एक्स कम्पनीको दोस्रो रकेट पनि उडानका लागि तयार भइरहेको जनाइएको छ ।

अमेरिकामा रकेट प्रक्षेपणको इजाजत दिने संघीय उड्डयन प्रशासनले रकेट विस्फोटको अनुसन्धान गर्ने जनाएको छ । एजेन्सी

शुक्रबार​ ८ बैशाख २०८० ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया