×

सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ता सुशासन समितिमा बिहीबार उजुरी

images

काठमाडौं । पोखराका सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार उजुरी दिएका छन्।

७ जना पीडितले समितिका सभापति रामहरि खतिवडासमक्ष ध्यानाकर्षणसहित उजुरीपत्र बुझाएका छन्। सिंहदरबारस्थित समितिको कार्यकक्षमा सभापति खतिवडासमक्ष पीडितहरूले आफ्ना मागहरू पढेर सुनाएका थिए। कास्कीबाट काठमाडौं आएका बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानबाट किटान गरेका व्यक्तिलाई कारबाही माग गरेका हुन्।

सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नं. १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । उक्त निवेदन बुझ्दै समितिका सभापति खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पीडितका पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको स्मरण गरे । आफैँ सरकारमा भएका बेलामा समस्या समाधान गरिदिए राम्रो हुने उनले उल्लेख गरे ।

 

बिहीबार ८ चैत २०८० ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया