×

ल्होसारजस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउँछ --राष्ट्रपति भण्डारी

images


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, बन्धुत्वको भावना अभिवृद्धि गरि राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पु¥याउने बताएकी छिन् । 

ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस्ता पर्वले  सबैलाई एकतवद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समुन्नत मुलुक निर्माणमा अघि बढ्न प्रेरणा दिने बताईन् ।

उनले भनिन्,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने छ ।’

उनले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो पर्व नेपालको संस्कृति झल्काउने महत्वपूर्ण पर्व भएको उल्लेख गरिन् । 

मङ्गलबार ९ फागुन २०७९ ०९:४४ AM मा प्रकाशित

प्रतिक्रिया