×

प्रधानमन्त्रीसँग महावीर पुनको भेट --प्रविधिको विकासमा सक्दो पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता 

images


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले,  विज्ञान र प्रविधिको विकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज बालुवाटारस्थित सरकारी निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले प्रविधिको विकास  नभइकन नेपालको विकास हुन नसक्ने भन्दै त्यसका लागि सक्दो पहल गर्न सरकार तयार रहेको बताए । 

वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” उनले भने “नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।”

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

आविस्कार केन्द्रका प्रमुख पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। भेटमा पुनले कृषि, शिक्षा, उर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट

आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने बताउँदै राज्यको तर्फबाट आवश्यक पहलका लागि आग्रह गरेका छन् ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो।
 

मङ्गलबार ९ फागुन २०७९ ०२:५४ PM मा प्रकाशित

प्रतिक्रिया