×

लामो समयसम्म संसदको महासचिव नियुक्ति नभएपछी राष्ट्रपतिलाई स्मरणपत्र

images


काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफरिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाएका छन्

।सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन् ।लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे तिमिल्सिनाले ४ माघमा स्मरणपत्र पठाएका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको पुष्टि गरे ।
 

आइतबार​ ७ माघ २०८० ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया