×

एनपीएलमा लुम्बिनीको विजयी शुरुवात, चितवन ६ विकेटले पराजित

images

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य पछाएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि गुलबदीन नैबले अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रन बनाए भने सन्दीप जोराले २८ रन बनआएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिएका थिए भने अभिषेक गौतम र गुलबदीन नैबले २-२ विकेट लिएका थिए ।

यो लुम्बिनीको पहिलो खेलमा पहिलो जित हो भने चितवनको भने दोस्रो खेलमा यो पहिलो हार हो । अब एनपीएल अन्तर्गत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ ।

बिहीबार ५ मंसिर २०८२ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया