×

मकवानपुरमा बस दुर्घटना– २२ जना घाइते, ३ को अवस्था गम्भीर 

images

मकवानपुर । मकवानपुरमा यात्रुवाहक बस दुर्घटना भएको छ । जिल्लाको बकैयामा आज (शुक्रबार) अपरान्ह बस दुर्घटना भएको हो । 

हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने बकैया–५ तीनतलेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस दुर्घटनामा परि २२ जना यात्रु घाइते भएका छन् । ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।
 

शुक्रबार​ ३ कात्तिक २०८० ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया