×

बाङ्गेमुढाको त्वाःछेँमा फेरि महानगरको डोजर चल्यो

images

काठमाडौं । बांगेमुढास्थित सामुदायिक घर (त्वा छेँ) नभत्काउन उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशविपरीत काठमाडौं महानगरपालिकाले उक्त संरचना फेरि भत्काउन सुरू गरेको छ।

त्वाँ छे समितिले दिएको रिटमा गत बिहीबार पहिलो सुनुवाइ गर्दै न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो।
महानगरका मेयर बालेन शाहको आदेश भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि डोजर चलाएपछि नेवाः समुदाय आन्दोलनमा उत्रिएका थिए । पाण्डेले लिखित आदेशसमेत देखाउन सकेका थिएनन् ।

विभिन्न सामुदायिक गतिविधिमा प्रयोग गर्न स्थानीयकै स्रोत र श्रमदानमा आजभन्दा ४४ वर्षअघि उक्त सामुदायिक घर निर्माण गरिएको थियो। सार्वजनिक जग्गामा बनेको घर भत्काएर वडा कार्यालय बनाउन काठमाडौं महानगरले असोज १४ गते डोजर चलाएको थियो। 

यसबीचमा स्थानीय अदालत गएकोमा उच्च अदालत पाटनले गत असोज २७ गते अन्तरिम आदेशमार्फत सामुदायिक भवन त्वाःछेँ भत्काउन वा सो भवनको संरचनामा क्षति पुग्ने कुनै पनि कार्य हुन नदिई भवनलाई यथास्थितिमा राख्न भनेको थियो ।

तर अदालतको आदेशविपरीत बिहीवार केही व्यक्तिले डोजरले आधा भत्काएको भवन तोडफोड गरेका छन् । महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोलको नेतृत्वमा गएको टोलीले मेयर बालेनको आदेश भन्दै भवन भत्काएको प्रत्यक्षदर्शीले बताएका छन् । महानगरको यो कदमविरूद्ध दायर रिटमा अन्तिम टुंगो नलागेसम्म सामुदायिक भवन भत्काउने वा त्यसमा भौतिक क्षति पुग्ने कुनै काम-कारबाही नगरी यथास्थितिमा राख्न अदालतले भनेको छ।

  

यस्ताे थियाे अदालतकाे आदेश:

 

बिहीबार ३ कात्तिक २०७९ ०९:२४ PM मा प्रकाशित

प्रतिक्रिया