×

प्रधानसेनापति शर्मा चीन जाँदै

images

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा चीन जाने भएका छन् । उनी यहीँ कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका हुन् ।

उनी चीनको बेइजिङमा यहीँ कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने १०औं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने हुनुभएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । 

शुक्रबार​ ३ कात्तिक २०८० ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया