×

बंगलादेशलाई महिला साफ च्याम्पियनसिपको उपाधि

images

काठमाडौं । बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३(१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो।बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन्। शामसुनाहरले एक गोल थपिन। खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे ।

खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ मा ल्याएकी थिइन । 

७७ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाईन् ।यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

मङ्गलबार ४ असोज २०७९ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया