×

‘ऐना झ्यालको पुतली’ अस्कर अवार्डको लागि सिफारिस

images

काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । 

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले यस्तो निर्णय गरेको हो । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्र मध्येबाट ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो।

नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो ।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो । 

मङ्गलबार ४ असोज २०७९ ०९:१७ AM मा प्रकाशित

प्रतिक्रिया