×

लेकालीलाई नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड 

images

काठमाडौं ।नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा आज नेपाल पर्यटन बोडमा आयोजित "नेपाल इन्टरनेसनल एक्सिलेन्ट   

अवार्ड (Nepal International Excellence Award 2023)"कार्यक्रममा नेपाल, भारत र बाङ्लादेशका स्रष्टाहरु सम्मानित भएका छन्। 

दिपायल/सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरदसिंह भण्डारीले सम्मानित स्रष्टाहरुलाई अवार्ड प्रदान गर्नु भएको थियो। 

सोही कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली सम्मानित भएका छन्। उहाँलाई प्रमुख अतिथि मन्त्री शरदसिंह भण्डारीले "नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड" प्रदान गर्नु भयो भने अध्यक्ष मेयर बाजीसिंहले मायाको चिनो प्रदान गर्नु भयो। 

यो अवार्ड नेपाल, भारत र बाङ्लादेशका विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड हो। 

कार्यक्रममा नेपाल-बाङ्लादेश मैत्री संघका अध्यक्ष दिनदयाल रिजालले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मन्त्री भण्डारी, अध्यक्ष मेयर बाजि सिंह, सम्मानित राधेश्याम लेकालीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो। 

कार्यक्रममा कविहरु शिव अधिकारी, सरु गौतमले आआफ्नो कविता वाचन गर्नु भएको थियो भने कार्यक्रमको संचालन सखी प्रतिष्ठानकी अध्यक्ष कवि मन्जिला अनिलले गर्नु भएको थियो।

आइतबार​ ३ भदौ २०८० ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया