×

बसन्तपुरमा ‘लाखेनाच’ प्रदर्शन

images

काठमाडौँ । ताप्लेजुङ नेवार समाज काठमाडौँले बसन्तपुर डबलीमा ‘लाखेनाच’ प्रदर्शन गरेको छ । 

विविध पेशा, व्यवसाय गर्न र अध्ययनको सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका ताप्लेजुङका नेवार समुदायले कला संस्कृतिको प्रवद्र्धन र सुख, दुःख पर्दा एक-अर्कालाई सहयोग आदान–प्रदान गर्न गठन गरेको ‘ताप्लेजुङ नेवार समाज काठमाडौं’ को गठन गरेको छ । 

समाज मार्फत विगत तीन वर्षदेखि ताप्लेजुङमा नाचिने लाखेनाचलाई राजधानीमा पनि प्रदर्शन गर्दै आएको समाजले जनाएको छ । शुक्रवार लाखेनाचमा कुमार श्रेष्ठ, डम्बर शिवा, सविन श्रेष्ठ, इन्द्र श्रेष्ठलगायतले बाद्यवादन र लाखेको भूमिका निर्वाह गरेका थिए । 

शनिबार ४ भदौ २०७९ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया