×

‘गुरुकुल संस्थागत रुपमा दर्ता भएको हो’

images

के को व्यस्तता छ ? 
कक्षाहरु संचालन भईरहेका छन् । केही बिज्ञापनको कामहरु गरिरहेको छु । यसरी नै दिनहरु बितिरहेका छन् 

अब प्रदर्शनमा आउन लागेको चलचित्र कुन हो ? 
मेरो प्रदर्शनमा लागेको चलचित्र भनेको ‘कौशिद’ र ‘देशान’ हो । दुबै चलचित्रहरुको प्रदर्शन मिती भने तोकिएको छैन । 

‘कौसीद’ र ‘देशान’ कस्तो कथा बोकेको चलचित्र हो ? 
कौसीद पारिवारिक, समाजिक कथावस्तु भएको चलचित्र हो । एउटा प्राधानअध्यापकको यात्रामा बनेको चलचित्र हो । यसमा मैले एउटा शिक्षकको भुमिका निर्वाह गरेको छु । ‘देशान’ भनेको मगर भाषामा रुढी भन्ने हुँदो रहेछ । देशन सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । जसमा दुई मुख्य कलाकार छन् जसअन्र्तगत म एउटाको भुमिकामा देखिएको छु । 

तपाई त रंगकर्मी हुनुहुन्छ, के अब चलचित्रमा मात्र अभिनय गर्ने हो ? 
होइन, नाटक पनि गर्ने हो । म रंगमञ्चबाट हराएको छैन । मैले नाटकहरुमा अभिनय नगरे पनि नाटककै कामहरु नै गरिरहेको हुन्छु । 

तपाईले अभिनय गरेको नाटक अब कहिले हेर्न पाइन्छ ? 
म अहिले एउटा गु्रपसँग नाटकको काम गरिरहेको छु । नाटकको रिहर्सल चलिरहेछ । यो असारभित्र त्यो नाटकको मञ्चन शुरु हुन्छ होला । 

अहिले रंगमञ्चको अवस्था कस्तो देख्नुहुन्छ ? 
अहिले रंगमञ्चको अवश्था राम्रो नै छ भन्नुपर्छ । धेरै रंगसंस्थाहरु छन् । सबैले काम गरिरहेका छन् । नाटकमा दर्शकहरुको भिड लागिनै रहेछ। पहिला कै स्तरको जस्ता नाटकहरु अझ पनि बन्न सकेका छैनन् । रंगमञ्चमा हाम्रो मेहिनत अलि नपुगेको हो कि ?

 

तपाई बाहेक केही रंगकर्मी मिलेर गुरुकुल दर्ता गर्नुभयो भन्ने हल्ला छ नी ?
हो, संस्थागत रुपमा गुरुकुल दर्ता भएको हो । अब कहिले बन्छ के हुन्छ त्यसको टुंगो लागेको छैन । 

रंगमञ्च जस्तै अहिले चलचित्रको अवस्था कस्तो देख्नुहुन्छ ? 
दुई तीनवर्ष अघि कोरोना महामारीले गर्दा चलचित्र क्षेत्रमा धेरै नै असर परेको थियो । अहिले पनि सोचे जस्तो चलेको पनि छैन र बनेको पनि छैन । अब बिस्तारै राम्रो हुँदै जान्छ भन्ने आशा गरौं । 

तपाई प्राय चलचित्रहरुमा सहायक कलाकारको रुपमा मात्र देखिनुहुन्छ, मुख्य भुमिकामा नदेखिनुको कारण के हो ? 
अब यो मैले कसरी भन्न सक्छु र । मैले आफैले आफैलाई प्रमुख भुमिकामा लिइदिनुहोस् भनेर भन्न पनि मिलेन । म मुख्य पात्रमा फिट नहुन सकेर हो कि । यसको कारण मेरो उचाई पनि हुन सक्छ । जे जस्तो भएपनि म राम्रो काम गर्छु भनेर सोच्न सक्छु र सधै सकारात्मक भएर काम गर्छु । 

शनिबार ४ भदौ २०७९ ०९:५७ AM मा प्रकाशित

प्रतिक्रिया