×

एनवाई रेड बुल्समाथि इन्टर मियामीको फराकिलो जित

images

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एनवाई रेड बुल्सलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले रेड बुल्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसी र टेलास्को सेगोभियाले २-२ गोल गरेका थिए । त्यस्तै जोर्डी अल्बाले एक गोल गरे । त्यस्तै गरि रेड बुल्सका लागि अलेक्जेन्डर ह्याकले एक गोल गरेका थिए ।

यो जित पछि इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको २१ खेलमा ४१ अंक भएको छ र हाल पाँचौं स्थानमा छ । त्यस्तै एनवाई रेड बुल्सको २४ खेलमा ३३ अंक रहेको छ ।

आइतबार​ ५ साउन २०८२ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया