काठमाडौं । टीकापुर घटनामा तीन वटै अदालतबाट दोषी ठहर भएका पूर्वसांसद् रेशम चौधरीलाई राष्ट्रपतिले माफी दिएपछि उनले २०८४ सालको चुनावमा उठ्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेका छन्।
मन्त्रिपरिषद्ले जेठ १२ र १४ गते गरेका दुई छुट्टाछुट्टै सिफारिसका आधारमा सरकारले गणतन्त्र दिवसका दिन रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेको थियो।
राष्ट्रपतिका कानुनी सल्लाहकारले चौधरीलाई “पूर्ण माफी” दिइएको बताउँदै उनी “[निर्वाचनमा] उठ्न पाउने” बीबीसीलाई बताएका छन्।
प्रतिक्रिया