×

भरतपुरमा झन्डै ६१ हजार मत गन्दा रेणु दाहालको ३४३२ मतको अग्रता

images

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले आफ्नो अग्रतालाई कायम गरिरहेकी  छिन् । झन्डै ६१ हजार मत गणना भएको शुक्रबार साँझसम्म मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार दाहालले ३४३२ मतको अग्रता लिएकी छन्।

 उनले २३ हजार १५४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १९ हजार ७२२ मत ल्याएका छन भने कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत पाएका छन्।

उपमेयमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मत पाएका छन् भने एमालेको समर्थन रहेकी राप्रपाकी हिमला गुरूङले १५ हजार ५३८ मत ल्याएकी छन्।


 

शुक्रबार​ ६ जेठ २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया