×

संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपर्‍यो -- कांग्रेस सभापति देउवा 

images


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बहुमत कै लागि गठबन्धन बनाइएको जिकिर गरेका छन् । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा सधैभरि उभिरहने र राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने बताएका छन् । 
‘सबै लिङग वर्ण जाति समुदायको प्रनिधित्वलाईलाई निश्चित गर्न यो प्रणालीमा एक मात्र दलले संसदमा बुहुमत लिन नसक्ने हुँदा गठबन्धनको सस्कृतिलाई आत्मासाथ गर्नुपरेको छ त्यसैले हामीले उठाएको गठबन्धनको संस्करणमा जानुको विकल्प छैन्’
प्रधानमन्त्रीले विश्वासको मत लिएसंगै मुलुकको वर्तमान चुनौतिको सामना गर्ने र देश र जनताको हितमा काम गर्ने विश्वास लिएको बताएका छन् । यस कार्यको लागि सहयोग गर्न नेपाली कांग्रेस सदैव तयार रहेको उनको भनाई छ । 

सोमबार ६ चैत २०७९ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया