×

संसद विघटनको खुला पक्ष पोषण सहकार्य टुट्नुको मुख्य कारण--- प्रधानमन्त्री प्रचण्ड

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, संसद विघटनको मुद्दालाई खुला पक्ष पोषण गरेकैले एमालेसंगको गठबन्धन तोड्नु परेको बताएका छन् । 
संसद विघटन गर्नु राम्रो नभएको बताएका प्रचण्डले सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुरा सान्र्दभीक नभएको टिप्पणी गरे । 
उनले भने ‘संसदमा पहिलो दिन नै संसद विघटनको अत्यन्त सम्बेदनशिल विषयले प्रवेश भएर सिङगो देश तरङ्गीत बन्यो । विषयको उठान न सान्र्दभिक थियो , देशमा संवैधानीक र राजनैतिक सङकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन । त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन संविधान र लोकतन्त्रको निरन्तरता एवम संसदको स्थायित्वमा मै प्रश्न चिन्ह खडा ग¥यो । दुखका साथ भन्नु पर्छ सिङगो संसदको मत पाएको प्रधानमन्त्रीलाई संसद विघटनको खुल्ला पक्ष पोषणले ठूलो नैतिक संवैधानीक र राजनीतिक चुनौति दियो । ’
संसद विघटनको कुराले सिङ्गो देश नै तरङगति भएको र लोकतन्त्रको निरन्तरताका साथै  संसदको स्थाईत्वमा नै प्रश्न चिन्ह खडा गरेको उनको भनाई छ । 

सोमबार ६ चैत २०७९ ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया