×

गठबन्धन बैठकमा प्रचण्डले भने एमसीसी सदनमा होइन समितिमा लैजाऊँ

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसी सम्झौता मात्र टेवल गर्ने विषयप्रति आपत्ति जनाएका छन् । बैठकमा प्रचण्डले एमसीसी मात्र टेवल गर्न नहुने भन्दै अझै आमसहमतिको खोजी गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने आफूलाई धेरै दवाव आएको भन्दै आज एमसीसी टेवल गरेरै अघि बढ्ने बताएका थिए । आइतबार बिहान बसेको गठबन्धनको बैठकमा प्रचण्डले सदनभन्दा समितिमा लैजान आग्रह गरेको सचिवालयले जनाएको छ ।

‘अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ,’ स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन् । गंगाले भनेकी छन्,‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।’ यसका बाजदुद सदनमा आ-आफ्नो विचार अनुसार छलफल गर्ने सहमति भएको प्रचण्डको सचिवालयको भनाइ छ ।

आइतबार​ ८ फागुन २०७८ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया