काठमाडौं । उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका चार वटा पेट्रोल पम्प सधैंका लागि सिल गरिएको छ ।
गत मंगलबारदेखि जारी अनुगमनको क्रममा कम पेट्रोल र पेट्रोलको साटो डिजेल विक्रि गरेको अरोपमा सिल गरिएको केन्द्रीय अनुगमन समितिले जनाएको छ ।
मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर, बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर, कलंकीको श्यामा आयल स्टोर र काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए ।
मंगलबारदेखि अनुगमनमा खटिएको उक्त समितिले दशैं–तिहार अवधिभर अनुगम जारी राख्ने बताएको छ ।
प्रतिक्रिया