×

एक दशकमा श्रीलंकाको सहरी जनसंख्या २६.३७ प्रतिशतले वृद्धि

images

श्रीलङ्काको सहरी जनसंख्या एक दशकमा २६.३७ प्रतिशतले वृद्धि भई ४४.५७ प्रतिशत पुगेको छ ।

श्रीलङ्काको राष्ट्रिय भौतिक योजना विभागको एक सर्वेक्षणलाई उद्धृत गर्दै श्रीलङ्काको सहरी जनसङ्ख्या ४४.५७ प्रतिशत पुगेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

सरकारी स्वामित्वको डेली न्यूजका अनुसार श्रीलङ्कामा शहरीकरणसम्बन्धी अन्तिम सर्वेक्षण सन् २०१२ मा गरिएको थियो र त्यतिबेला सहरीकरण १८.२ प्रतिशत थियो ।

पछिल्लो सर्वेक्षणअनुसार कोलम्बो सबैभन्दा बढी सहरी जनसङ्ख्या ९६.७४ प्रतिशत रहेको जिल्ला हो । सर्वेक्षणले गाम्पाहा जिल्लामा शहरीकरणको प्रतिशत ७६.७६ प्रतिशत र जाफना जिल्लामा ६७.२८ प्रतिशत रहेको देखाएको छ । 

सर्वेक्षण अनुसार शहरी जनसङ्ख्याको सबैभन्दा कम प्रतिशत मुल्लाइतिवु जिल्लामा २.८४ प्रतिशत रहेको छ । यो सर्वेक्षण प्रतिवेदन राष्ट्रपति र सबै जिल्ला समितिबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने र अनुमोदन भएपछि मात्रै यसले आधिकारिकता पाउनेछ ।  

बिहीबार २ कात्तिक २०८० ०६:४४ PM मा प्रकाशित

प्रतिक्रिया